राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै मर्यादाक्रम र आइजीपी विवाद आजै टुंग्याउने

मन्त्रिपरिषद् बैठक बस्दै मर्यादाक्रम र आइजीपी  विवाद आजै टुंग्याउने
चैत्र २७ । लामो समयसम्म बस्न नसकेको मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठकमा उपप्रधानमन्त्रीको मर्यादाक्रम र प्रहरी प्रमुखको नियुक्तिको बारेमा आज टुंगो लाग्ने स्रोतले बताएको छ । त्यस्तै बैठककले संविधान संशोधनको नयाँ विधेयक अनुमोदन गर्ने लक्ष्य लिएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय चुनावमा मधेशी मोर्चालाई समेटने उपायको खोजीमा रहेका प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको नयाँ विधेयक तयार गरिसकेको बताइसकेका छन् । लामो समय सम्म नेपाल प्रहरीसंगठनले प्रमुख पाउन सकेको छैन भने मर्यादाक्रमको विवादले मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन् । मन्त्रिपरिषद्को बैठक बस्न नसक्दा विभिन्न विद्येयक र फाइलहरु प्रधानमन्त्री कार्यालयमा चाङ लागेर बसेका छन् ।

Cabinate

विशेष