राजनीति

‘संविधान कार्यभार राष्ट्रिय कार्यभार’

‘संविधान कार्यभार राष्ट्रिय कार्यभार’
चैत्र–२७ । सभामुख ओनसरी घर्तीले संविधानको प्रभावकारी कार्यान्वयन आज राष्ट्रको महत्वपूर्ण कार्यभार भएको बताएकी छिन् । सिन्धुलीमाढीमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीयसभाको ४६ औंँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख घर्तीले संविधान कार्यान्वयनबाट नै जनताका अधिकार सुनिश्चित हुने भएकाले यसमा सबैको सहभागिता जरुरी रहेको बताइन् । उनले संविधानमा उल्लेख गर्न नसकिएका विषय वार्ता र संवादको माध्यमबाट संविधान संशोधनको प्रक्रियाबाट हल गर्न सकिने बाटो समेत संविधानले दिएकामा सम्बन्धित सबैको ध्यानाकर्षण गराइन् । उनले स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न आवश्यक वातावरणको निर्माण गर्न पनि सरकारसँग आग्रह गरिन् । अर्को प्रसङ्गमा उनले रेडक्रस कानुन निर्माणमा सरकार र सम्बन्धित पक्षको सकारात्मक सहयोग पुग्ने विश्वाससमेत उनले दिलाइन् ।

ओनसरी घर्ती कार्यान्वयन संविधान

विशेष