राजनीति

राजनीतिमा लाग्न प्रधानाध्यापकबाट राजीनामा

राजनीतिमा लाग्न प्रधानाध्यापकबाट राजीनामा
चैत्र - २८ । बागलुङ नगरपालिका–१ की ममतादेवी शर्माले स्थानीय तहको चुनावमा उम्मेदवार बन्न विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिएका छन्। राजनीतिमा लाग्न शर्माले स्थानीय रुद्रेपिपल माविमा १७ वर्षदेखि सम्हालेका प्रअको जिम्मेवारी त्यागेका हुन्। आइतबार बागलुङका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रसामु राजीनामा बुझाएको शर्माले बताए। बागलुङ नगरपालिकामा नेकपा एमालेका तर्फबाट प्रमुख पदमा ४४ वर्षीया शर्माको नाम आकाङ्क्षीको सूचीमा छ। “२३ वर्षसम्म निष्ठापूर्वक शिक्षण पेसा गरेँ, अब पार्टीको बफादार सिपाही बन्छु”, शर्माले भने। असल प्रअको राजीनामाले दुःखी तुल्याएको विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य माया थापाले प्रतिक्रिया दिए। पाँच सय विद्यार्थीले पढ्ने उक्त विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ । सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन शर्माले निजी विद्यालयमा पढ्ने आफ्ना छोराछोरीलाई समेत सोही विद्यालयमा ल्याएर भर्ना गरेका थिए।

राजीनामा

विशेष