राजनीति

मधेस केन्द्रीत दलद्वारा बैठक बहिस्कार

मधेस केन्द्रीत दलद्वारा बैठक बहिस्कार
चैत्र – २८ । मधेस केन्द्रीत दलका सांसदले सोमबारको व्यवस्थापिका–संसदको बैठक पनि वहिष्कार गरेका छन् । सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको जानकारी दिए लगत्तै मधेस केन्द्रीत दलका सांसदले उठेर विरोध जनाएका थिए । सोमबारको बैठकमा सभामुखले दिएको समयमा थरुहट तराई पार्टीका सांसद गोपाल दहितले कैलाली घटनामा प्रहरीको नियन्त्रणमा रहेका थारुहरुलाई तत्काल छोड्न सरकारसँग माग गरे । उनले आफ्ना निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई चुनाव चिह्न दिन भाग राख्दै माग पूरा नभएसम्म संसद बैठक बहिष्कार गर्ने बताए । सांसद दहितको मन्तव्यपछि थरुहट तराई पार्टी र मधेस केन्द्रीत दलहरुका सांसदहरु बैठक बहिस्कार गरी बाहिरिएका थिए ।

व्यवस्थापिका–संसद् बैठक

विशेष