राजनीति

संविधान संशोधनको नयाँ प्रस्तावलाई एमालेले साथ नदिने: सचिव‍ भट्टराई

संविधान संशोधनको नयाँ प्रस्तावलाई एमालेले साथ नदिने: सचिव‍ भट्टराई
चेत्र–२८ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले एकै चरणमा शान्तिपूर्ण तरिकाले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल प्रतिष्ठान शाखाको भेलालाई साेमबार सम्बोधान गदै उनले सबै दलको सहभागिता हुने गरी एकै चरणमा निर्वाचन गर्नुपर्नेमा जोड दिए । ‘निर्वाचनमा सुरक्षा गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तयार छन् । कर्मचारी पनि पर्याप्त छन्,’ उनले भने, ‘त्यसैले दुई चरण गर्नुपर्ने कारण नै छैन ।’ सचिव भट्टराईले अनेक बहानामा निर्वाचनलाई पछि धकेल्नका लागि दुई चरण गर्नुपर्ने कुरा ल्याइएको टिप्पणी गरे । सरकारले पुनः ल्याउन लागेको संविधान संशोधनको नयाँ प्रस्तावलाई एमालेले साथ नदिने समेत उनले बताए । स्थानीय तहलाई कमजोर बनाउनेका लागि संशोधन विधेयक ल्याउन खोजिएको भट्टराईले आरोप लगाए ।

एमाले प्रस्ताव सचिव योगेश भट्टराई संविधान संशोधन

विशेष