राजनीति

स्थानीय तह निर्वाचनको सफलताले सङ्घीयता सुदृढ हुने

स्थानीय तह निर्वाचनको सफलताले सङ्घीयता सुदृढ हुने
चैत्र–२८ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको तयारीका लागि मकवानपुर र सर्लाही जिल्लामा खटिने २७ मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आजदेखि हेटौँडामा निर्वाचन आयोगले निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । आयोगका सहसचिव लक्ष्मीप्रसाद यादवले सरोकार भएका निकायसँग समन्वय र सहकार्य गर्न तथा व्यवस्थापकीय रुपमा निर्वाचन सफल पार्नका लागि सक्षम बनाउन प्रशिक्षण प्रदान गरिएको जानकारी दिए । उच्च अदालत पाटनका मुख्य न्यायाधीश पुष्पलता माथेमाले स्थानीय तह निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत तोकिएका जिल्ला न्यायाधीशलाई आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गर्न आग्रह गरे । मध्यमाञ्चल क्षेत्रीय प्रशासक शम्भु कोइरालाले स्थानीय तह निर्वाचनको सफलताले मुलुकमा सङ्घीयता सुदृढ भई स्थायित्व र आर्थिक विकास बढ्ने बताए । आयोगले यही चैत ३०–३१ गते धनुषा र महोत्तरी जिल्लामा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई हेटौँडामा निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रशिक्षण आयोजना गरेको छ । रासस

सङ्घीयता सुदृढ स्थानीय तह निर्वाचन

विशेष