चुनाव प्रचार गर्न ९ दिनमात्रै बाँकी

चैत २९ । स्थानीय तह निर्वाचनमा उम्मेदवारले प्रचारप्रसारका लागि ९ दिनमात्रै पाउने भएका छन् ।
निर्वाचन आयोगबाट चुनाव चिन्ह पाएपछि मौन अवधि सुरु हुनुअघिसम्म बीचका दिनमा मात्र प्रचार गर्न पाइने छ । उम्मेदवारले वैशाख १९ गते चिन्ह पाउनेछन् भने चुनावको ४८ घण्टापूर्व नै मौन अवधि सुरु हुनेछ ।
मौन अवधिमा दल वा उम्मेदवारले प्रचारका कुनै काम गर्न पाउने छैनन् ।
कान्तिपुर
chunab