राजनीति

अर्याललाई राति नै आईजीपीको दर्ज्यानी

अर्याललाई राति नै आईजीपीको दर्ज्यानी
चैत २९ । गृहसचिव लोकदर्शन रेग्मीले नवनियुक्त प्रहरी महानिरीक्षक ९आईजीपी० प्रकाश अर्याललाई राति नै दर्ज्यानी चिह्न प्रदान गरेका छन् । गृह मन्त्रालयमा आयोजित समारोहमा अर्याललाई दज्र्यानी चिह्न प्रदान गरिएको हो । मन्त्रिपरिषद् बैठकले सोमबार साँझ डीआईजीबाट आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । विसं २०४४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अर्याल २६ औँ आईजीपी भएका छन् । मन्त्रालयमा आयोजित समारोहमा अर्याललाई फुली लगाइदिँदै गृहसचिव रेग्मीले उनको कार्यकालमा नेपाल प्रहरीको गौरव अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरे

Police

विशेष