Breaking News भिडियो कुरा: खस्रा मिठा

१९५० को सन्धि एकदम ठीक छ, फेरबदल गर्न आवश्यक छैन (भिडियोसहित)

१९५० को सन्धि एकदम ठीक छ, फेरबदल गर्न आवश्यक छैन  (भिडियोसहित)

चैत २९ । राजनीतिक विश्लेषक अरुण सुवेदीले नेपाल र भारतबीच सन १९५० मा भएको शान्ति तथा मैत्री सन्धिमा कुनै पनि फेरबदल गर्न आवश्यक नरहेको बताएका छन् । नेपाली पक्षले वर्षौंदेखि १९५० को सन्धि पुनरावलोकन गर्नु पर्ने आवश्यकता औल्याउँदै आएको छ ।

https://youtu.be/mI62YtQWCR8

नेपालले असमान मान्दै आएको सो सन्धि नेपालको हितमा रहेको विश्लेषक सुवेदी दाबी गर्छन् । उनले भने, ‘यो सन्धिले गर्दा नै नेपाल एक स्वतन्त्र मुलुक हो भन्ने पुष्टि भएको छ । नत्र नेपाल त पहिले ब्रिटिसहरुको ‘प्रोटोक्टोरियट’ राष्ट्रहरुमा पर्थ्यो ।’

 

सो सन्धिमा भएका केही धाराहरुलाई नेपालले पहिलेदेखि नै नमान्दै आएको सुवेदी बताउँछन् । सुवेदी भन्छन्, ‘ भारतमा नेपालीहरु गएर अचल सम्पत्ति जोडन सक्छन् । भारतीयहरु नेपालमा सक्दैनन् । नेपालमा भारतीयहरुलाई ठेक्कापट्टाको अधिकार नेपालीसरह हुनु पर्ने हो । सन्धि उल्लंघन गर्दै नेपालले त्यस्तो अधिकार भारतीयहरुलाई दिएको छैन ।’

 

सुवेदीको मतमा त्यो सन्धिसमेत पुनरावलोकनका लागि गठन गरिएको प्रबुद्ध समूहमा नेपालमा राजा महेन्द्रका पालादेखिको कुटनीति अभ्यास गर्दै आइरहेकाहरु सदस्य हुनु पनि दुःखद भएको उनको मत छ । समूहको नेपाल पक्षका सदस्यहरु उपयुक्त नभएको सुवेदी बताउँछन् ।

 

१९५० को सन्धि खारेजको पक्षमा त भारत रहेको उनले बताए । भारतीय खुफिया एजेन्सी ‘र’ ले यो सन्धिमा फेरबदल चाहेको पनि सुवेदीले दाबी गरे । नेपालको हितमा रहेको यो सन्धि फेरबदल गर्न केही आवश्यक नरहेको उनी जिकिर गर्छन् ।

arun kumar subedi nepal india treaty कुरा: खस्रा मिठा अरुणकुमार सुवेदी

विशेष