राजनीति

केरुङमा रोकिएको मतपेटिका लिन नेपाली टोली केरुङतर्फ

केरुङमा रोकिएको मतपेटिका लिन नेपाली टोली केरुङतर्फ

चैत २९ । चीनको केरूङमा ११ दिनदेखि रोकिएको १० हजार थान मतपेटिका लिन नेपाली टोली आज त्यसतर्फ जाँदैछ । चीनको केरूङस्थित ठोङ्सामा झरेको पहिरोको कारण सडक अवरुद्ध भएपछि केरूङमा नै राखिएको थियो ।

आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको लागि ती मतपेटिका ल्याउन लागिएको हो । मंगलवार केरुङ जाने भएपनि नेपालसम्म मतपेटिका आउन करिब दुई दिन लाग्ने भन्सार प्रमुख केदार पनेरुले जानकारी दिए ।

३० हजार थान मध्ये पहिलो चरणमा १० हजार थान मतपेटिका ल्याउन लागिएको हो ।

kerung naka

विशेष