राजनीति

मधेसी मोर्चाद्वारा मंगलबार पनि संसद बैठक बहिस्कार

मधेसी मोर्चाद्वारा मंगलबार पनि संसद बैठक बहिस्कार
चैत २९ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार पनि व्यवस्थापिका–संसद बैठक बहिस्कार गरेको छ । बैठक सुरु हुनेबित्तिकै मोर्चामा आबद्ध सांसदहरु उभिएपछि सभामुख ओनसरी घर्तीले सांसद अकबल अहमद साहलाई बोल्न अनुमति दिएकी थिइन् । सांसद साहले आफूहरुले सन्चारमाध्यममार्फत् सरकारले सीमांकनको विषय छाडेर नयाँ संविधान संशोधन प्रस्ताव दर्ता गर्दैछ भन्ने जानकारी पाएको बताउँदै हाल विचाराधीन संशोधन प्रस्ताव पारित गर्नुपर्ने माग गरे । उनले संविधानको धारा २७४ खारेज गरेर एक अधिकारसम्पन्न सीमांकन निर्धारण संघीय आयोग गठन गर्न माग गर्दै आयोगले प्रतिवेदन तयार पारी संसदमा प्रतिवेदन आएपछिमात्र संशोधन फिर्ता हुनुपर्ने बताए । सांसद साहले स्थानीय निकाय पुनःसंरचना आयोगले निर्धारण गरेको तह निर्धारण आफूहरुलाई मान्य नभएको जनाउँदै उनले जनसंख्यानुसार तह निर्धारण नभएसम्म मोर्चाले निर्वाचनमा भाग नलिने र हुन पनि नदिने जिकिर गरे । संशोधन विधेयक पारित गरी मोर्चाको माग पूरा नभएसम्म निर्वाचन सम्भव नहुने बताउँदै उनले मोर्चाका तर्फबाट मंगलबारको बैठक बहिस्कार गरिएको जानकारी गराए ।

व्यवस्थापिका संसद

विशेष