राजनीति

'सबैको सहमतिमा नयाँ प्रस्ताव'

'सबैको सहमतिमा नयाँ प्रस्ताव'
चैत - २९ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले सरकारले ल्याएको संविधान संशोधन नयाँ प्रस्ताव सबैको सहमति पारित हुने दाबी गरेका छन् । रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उनले नयाँ संशोधन प्रस्ताव एमाले र मधेसी मोर्चा दुवैको सहमतिमा ल्याइएकाले जिकिर गरेका हुन् । ‘पुरानो संशोधन प्रस्ताव फिर्ता भएको छ । नयाँ प्रस्ताव वैशाख ७ गते संसद्मा टेबल हुनेछ । प्रस्तावबारे मधेसी मोर्चासँग पनि ठोस सहमति भएको छ । उनहरुका सबै मागको सम्बोधन हुनेछ’– मन्त्री नायकले भने। प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले सरकारले ल्याएको नयाँ संशोधन प्रस्ताव पहिलेकोभन्दा पनि खतरापूर्ण भएको आरोप लगाए । मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले सरकारले मोर्चासँग छलफल नगरिकनै पहिले पेस भएकोे प्रस्ताव फिर्ता लिई नयाँ प्रस्ताव ल्याउन लागेको बताए ।

Aajasankar Nayak

विशेष