कला साहित्य

पाटन म्युजियममा तीन दिने चित्रकला प्रदर्शनी सुरू

पाटन म्युजियममा तीन दिने चित्रकला प्रदर्शनी सुरू
चैत्र – २९ । पाटन संग्रहालयमा ‘बालबालिका कलाको विकास, देशको विकास’ भन्ने नारासहित चित्रकला प्रदर्शनी सुरु भएको छ । हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यको आतिथ्यमा मंगलवार प्रदर्शनीको शुभारम्भ गरिएको हो । रिजेन्ट इन्टरनेशनल स्कुलले आयोजना गरेको उक्त चित्रकला प्रदर्शनी तीन दिनसम्म जारी रहने छ । चित्रकला प्रदर्शनीमा ४७ विद्यार्थीका ६० वटा चित्र प्रदर्शनीमा राखिएका छन् । सिसाकलमका साथै जलरंगले बनाइएका चित्र प्रदर्शनीमा राखिएको कलाकार अजय देसारले बताए । कार्यक्रममा ललितपुरका उप–जिल्ला शिक्षा अधिकारी तुलसी प्रसाद आचार्यको समेत उपस्थित रहेको थियो ।

चित्रकला प्रदर्शनी

विशेष