कालोबजारी गर्ने एक नम्बर व्यापारी बने महासंघको नेता
चैत–३० । निजी व्यवसायी व्यापारीहरुको सबैभन्दा ठूलो संगठन उद्योग बाणिज्य महासंघको बागडोर एक नाफाखोरको नेतृत्वमा जाने निश्चित भएको छ ।
कानुनले तोकेभन्दा धेरै गुणा बढी नाफा असूलेर बजाज मोटरसाइकल बिक्री गर्दै आएका शेखर गोल्छा नामक व्यापारीले महासंघको वरिष्ठ उपाध्यक्षमा चुनाव जितेका छन् । वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने संशोधति विधानअनुरुप अबको दुई वर्षपछि महासंघको अध्यक्ष गोल्छा हुनेछन् ।
गोल्छाले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई नराम्रोसँग पराजयको स्वाद चखाएका छन् । बजाज कम्पनीका विभिन्न ब्रान्डका मोटरसाइकलमा कालोबजारी गर्दै आएका शेखर गोल्छाले पैशाकै बलमा महासंघ कब्जा गरेको व्यापारीहरु बताउँछन् । मंगलबार भएको निर्वाचनमा गोल्छाले ६३ प्रतिशत मत ल्याएर प्रधानलाई पराजित गरे ।
गोल्छा अर्गनाइजेसनको छातामुनी रहेर बजाज मोटरसाइकलको कारोबार गर्ने शेखर गोल्छाले एउटै मोटरसाइकलमा ६०–७० हजारसम्म नाफा असुल्छन् । व्यापार भन्दा पनि लुट मच्चाएको सन्सनीपूर्ण खबर नेपाल आजले सम्प्रेषण गरेपछि मोटरसाइकलमा भइरहेको लुटको पर्दाफास भएको हो । नेपाल आज डट कमले भारतबाट आयात हुने मोटरसाइकलको मूल्य, भन्सारमा लाग्ने कर र नेपालमा गोल्छाले राख्ने बिक्री मूल्यको सबै विवरण सार्वजनिक गरिदिएको थियो । त्यसपछि गोल्छा अहिले ‘त्यति नाफा मोटरसाइकलमा हुँदैन, पत्रकारले हिसाब निकाल्ने जानेनन्’ भन्दै हिँड्ने गरेको बुझिएको छ ।
मोटरसाइकलमा त्यति धेरै फाइदा हुँदैन भने सार्वजनिक भएको विवरण चाहिँ के हो त ? भन्ने प्रश्नको जवाफ पनि गोल्छाले दिन सकेका छैनन् ।