विचित्र विश्व

छुरा देखाएर महिलाले गरिन ट्याक्सी चालक पुरुषको बलात्कार !

छुरा देखाएर महिलाले गरिन ट्याक्सी चालक पुरुषको बलात्कार !

एजेन्सी ।  तपाईले पुरुषले महिला बलात्कार गरेको कुरा त सुन्नु भएकै होला तर महिलाले पुरुषलाई बलात्कार गरेको कुरा त कमै सुन्नु भएकै होला तर अमेरिकामा एक महिलाले छुरा देखाएर ट्याक्सी ड्राइभरको बलात्कार गरेकी छन् ।

प्रहरीका अनुसार अमेरिकाको ओहायोमा एक महिलालाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ । ती महिलाले छुरा देखाएर एउटा ट्याक्सी चालकको बलात्कार गरेको बताइएको छ ।

२३ वर्षीय ब्रिटनी कार्टरलाई प्रहरीले पीडितको उजुरीका आधारमा गिरफ्तार गरेको हो । एक पुरुष सहयोगीका साथ रहेकी उनले ट्याक्सी चालकलाई बलात्कार गर्नुका साथै लुटपाटसमेत गरेको बताइएको छ ।

प्रहरी अधिकारी रोबर्ट रिङ्गले भने, ‘उनले किन यस्तो गरिन् भन्ने हामीले थाहा पाउन सकेका छैनौं, लुटपाटका लागि चालकको ध्यान मोड्नका लागि बलात्कार गरेको हुन सक्छ ।’

प्रहरीका अनुसार कार्टरले ट्रिनिटी एक्सप्रेस क्याब सर्भिसबाट २८ जनवरी बिहान एउटा ट्याक्सी बोलाएकी थिइन् । ट्याक्सी चालकको भने परिचय खुलाइएको छैन । चालककै उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

कार्टरमाथि यसअघि दुई पटक लागू औषध राखेको आरोप पनि लागिसकेको छ । उनका सहयोगी भने फरार छन् । लुटपाट र बलात्कारमा सहयोगी भूमिका निर्वाह गरेको आरोपमा प्रहरीले उनको खोजी गरिरहेको छ ।

Woman Rape Taxi Driver

विशेष