कसैको सोर्स चाहिँदैन, सिक्नुस आफ्नै बलले गतिलो जागिर खाने तरिका (भिडियो)
चैत ३० । जागिरका लागि सोर्स फोर्स कसरी लगाउने ? कुन नेताको चाकडी गर्ने, कुन मन्त्रीसँग कहिले भेट्ने ? यस्ता प्रश्नको खोजीमा भौतिरिने युवाहरु धेरै छन् । नेपाल सरकारका सचिव दिनेशकुमार थपलियाले जागिरका लागि कसैलाई नमस्कार गरेर ज्यू, हजुर गरिरहन आवश्यक नरहेको बताएका छन् ।
युवाहरुकालागि करियर विकासका लागि के गर्न सकिन्छ ? भन्ने विषयमा थपलियाले धेरैवटा सुझाव दिएका छन् । उनको सुझाव मध्ये पहिलो हो लोकसेवा आयोगले लिने परीक्षाको तयारी । लोकसेवाले लिने परीक्षा पास गर्न अहिले पनि कुनै किशिमको सोर्स आवश्यक पर्दैन । आफ्नै बल बुताले सरकारी स्थायी जागिर खान पाइन्छ ।
dinesh kumar thapaliya