राजनीति

मधेसी मोर्चाद्वारा निर्वाचन बहिस्कार, आन्दोलनको घोषणा

मधेसी मोर्चाद्वारा निर्वाचन बहिस्कार, आन्दोलनको घोषणा
चैत्र – ३० । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बिजुलीबजारमा बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । मंगलबार मधेसी मोर्चालाई खुसी पार्न सरकाले संविधान संशोधनको नयाँ विधेयक संसदमा दर्ता गराएको थियो । तर, मोर्चाले नयाँ प्रस्तावित नयाँ संशोधनले आफ्ना माग पूरा नगर्ने भन्दै प्रस्तावलाई अस्वीकार गरेका छ । सरकार र प्रमुख राजनीतिक दलहरुले समास्याको सामाधानभन्दा पनि मुलुकलाई द्वन्द्वमा धकेल्न मोर्चाको आरोप छ । प्रस्तावित नयाँ संसोधनले आफ्ना माग सम्बोधन नगर्ने निष्कर्ष निकाल्दै आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।

Morcha

विशेष