राजनीति

संशोधन विद्येयक अस्वीकार गर्ने मोर्चाको निर्णय चुनावको लागि बार्गेनिङ् गर्ने मसला - मन्त्री केसी

संशोधन विद्येयक अस्वीकार गर्ने मोर्चाको निर्णय चुनावको लागि बार्गेनिङ् गर्ने मसला - मन्त्री केसी
चैत्र - ३० । सहरी विकासमन्त्री अर्जुनरसिंह केसीले सरकारले ल्याएको नयाँ संशोधन विद्येयकलाई अस्वीकार गर्ने मधेसी मोर्चाको निर्णय चुनावको लागि बार्गेनिङ् गर्ने मसला भएको आरोप लगाएका छन् । बुधबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा मधेसी मोर्चासँगको सहमतिमै सरकारले नयाँ संशोधन विद्येयक ल्याएको जीकिर गर्दै नेता केसीले भने, ‘सहमतिमै ल्याइएको संशोधन प्रस्तावको बिरोध र अस्वीकार गर्नु उहाँहरुको लागि चुनावमा जाने बार्गेनिङ् अथवा मसला हो, यही निर्णयलाई उहाँहरुले चुनावी हतियार बनाएर निर्वाचनमा जानुहुन्छ ।’ तर मधेसी मोर्चाका नेता अनिल झाले नयाँ संशोधन विद्येयकले मोर्चाका मागहरु सम्बोधन नगर्ने भएकोले मोर्चाले प्रस्ताव अस्वीकार गर्ने निर्णय गरिसकेको बताए । उनले भने, ‘संविधान संशोधन नभएसम्म हामी निर्वाचन भाग लिँदैनौं ।’ उनले नयाँ संशोधन प्रस्ताव मोर्चाको सहमतिमा ड्रफ्ट नभएको दावी गरे । उनले भने, ‘मोर्चासँग यो प्रस्तावबारे कुनै सहमति भएको छैन, यदि व्यक्तिगत रुपमा कसैसँग भएको हो भने सरकारले यो नेतासँग कुरा भएको थियो भनेर भनिदिनुपर्‍यो नि !’ झाले मोर्चाले निर्वाचनको विरोधमा आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको जनाउँदै भने, ‘चैत ३१ गते मधेशका सबै जिल्लाहरुको सदरमुकमामा जुलुस प्रर्दशन गर्ने निर्णय भएको छ, त्यस्तै ०७४ बैशाख ३ गते जिल्लास्थित् निर्वाचन कार्यालय घेराउ गर्ने निर्णय गरेको छ ।’

Arjun Narshing KC

विशेष