कला साहित्य

‘आधी खोली तिरैमा’काे सफलतापछि ‘चरी चिरिबिरि भाे’ लिएर आइन सबिना गुरुङ (भिडियाेसहित)

‘आधी खोली तिरैमा’काे सफलतापछि ‘चरी चिरिबिरि भाे’ लिएर आइन सबिना गुरुङ (भिडियाेसहित)

चैत्र – ३० । नेपालमा लोकदोहोरी गीत संगीतको आफ्नै बजार छ । व्यवसायीक रुपमा पनि लोक गीत संगीत देश तथा विदेशमा विस्तारै मौलाउदै गएको छ । पोखरामा रहेर नेपाली लोकदोहोरी क्षेत्रमा काम गरिरहेका गायिका सविना गुरुङले आफ्नो नयाँ गीत चरि चिरिबिरि भो बजार सार्वजनिक गरेकी छिन् । यो गीतलाई एकनारायण भण्डारीले शब्द श्रृजना गरेका हुन् भने गायक तथा संगीतकार रामजी खाँड ले संगीत र स्वरमा साथ दिएका छन् । केहि दिन अघि म्युजिक नेपालले यो गीतलाई आफ्नो युट्युब च्यानलबाट गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । गीतको भिडियो निर्देशन प्रकाश भट्टले गरेका हुन् भने अभिनय मोडल पार्वती राई र गायक रामजी खाँड आफैँले गरेका छन् । गीतको छायांकन करण चौसीर ले छायांकन गरेका हुन् । सार्थै गीतको सम्पादन विष्णु शर्माले गरेका छन् । गायिका सविना गुरुङको यो अघि आधी खोलि तिरैमा अत्यन्तै दर्शक तथा श्रोताले अत्यन्तै रुचाएको लोक दोहोरी गीत थियो भने मादलुको घुन्ना, तिम्रै छ तिर्सना जस्ता गीतहरु गुरुङको चर्चाको शिखरमा रहेको गीत हो ।

चरी चिरिबिरि भाे

विशेष