राजनीति

उपराष्ट्रपति पुन भन्छन्, 'अबको दश वर्षमा मुलुकको मुहार फेरिन्छ'

उपराष्ट्रपति पुन भन्छन्, 'अबको दश वर्षमा मुलुकको मुहार फेरिन्छ'
चैत्र - ३० । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्र नै मुख्य आधार भएको बताएका छन् । शिखरपोस्ट मिडियाको तेस्रो वार्षिकोत्सव समारोहमा उपराष्ट्रिपति पुनले पर्यटन प्रवद्र्धन नगरी देशको विकास सम्भव हुन नसक्ने भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । विकासका लागि सरकारको मात्र बाटो हेर्न नुहुने भन्दै उनले निजी क्षेत्रले पनि पर्यटन क्षेत्रको विकासको लागि पहल गर्नुपर्ने बताए । राज्यले ध्यान पुर्‍याउन नसक्दा पनि विकासले गति लिन नसकेको स्वीकार्दै उपराष्ट्रपति पुनले अबको दश वर्षमा मुलुकको मुहार फेर्न सकिने विश्वास व्यक्त गरे । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालले नेपालको सबै स्थान पर्यटन प्रवर्द्धनको हिसाबले उत्कृष्ट रहेकाले निजी क्षेत्रले लगानी गर्दा सरकारले पनि साथ दिनुपर्ने बताए । सोही कार्यक्रममा साउदीको जेलमा परेका रोल्पाका दिलबहादुर घर्तीमगरको उद्धारका लागि उनको परिवारलाई अनिश प्रतिष्ठानको तर्फबाट तीन लाख प्रदान गरेको छ ।

Nanda Bahadur Pun

विशेष