राजनीति

कांग्रेसले अधिकारिक दस्तखत बुझायो

कांग्रेसले अधिकारिक दस्तखत बुझायो
चैत्र–३० । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन गर्दा आवश्यक पर्ने दलको आधिकारिक दस्तखत बुधबार निर्वाचन आयोगमा बुझाएको छ । दस्तखत बुझाएपछि पत्रकारसँग कुरा गर्दै रक्षामन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले मेयर र उपमेयर पदको मनोनयन दर्तामा पार्टी सभापति शेरबहादुर देउवा र बाँकी पदको मनोनयन दर्ताका लागि पदाधिकारी र केन्द्रीय सदस्यले दस्तखत गर्ने व्यवस्था गरिएको जानकारी दिए । पार्टी केन्द्रीय समितिको निर्णयसहित दस्तखत बुझाउन मन्त्री खाँण, परराष्ट्रमन्त्री एवं केन्द्रीय सदस्य डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य एनपी साउद, मुख्यसचिव कृष्णप्रसाद पौडेल आयोग पुगेका थिए । दलको आधिकारिक दस्तखत बुझाउने बुधबार अन्तिम दिन अहिलेसम्म ६३ राजनीतिक दलले आधिकारिक दस्तखत आयोगमा बुझाएका छन् । स्थानीय तहको निर्वाचनका लागि वैशाख ३१ गते मनोनयन दर्ता गर्दा उम्मेदवार कुन दलको हो भन्ने छुट्याउन र दलको आधिकारिक उम्मेदवारको पहिचान गर्न सजिलो होस् भनेर आयोगले दलको आधिकारिक दस्तखत माग गरेको थियो ।  

अधिकारिक दस्तखत काँग्रेस निर्वाचन आयोग

विशेष