राजनीति

काठमाडाैँबाट ७१२ जनप्रतिनिधि चयन

काठमाडाैँबाट ७१२ जनप्रतिनिधि चयन
चैत्र - ३०। स्थानीय तहको निर्वाचनमा काठमाडाैँ जिल्लाबाट ७१२ जनप्रतिनिधि चयन हुने भएका छन् । काठमाडौँ महानगरपालिका र १० नगरपालिकाबाट ७१२ जना जनप्रतिनिधि चयन गरिने जिल्ला निर्वाचन अधिकरी चन्द्र गौतमले जानकारी दिए। उनका अनुसार महानगर र १० नगरपालिकाका १३८ वडामा एक/एकजना मेयर, उपमेयर वडा अध्यक्ष र चार सदस्य निर्वाचित हुने छन् । मेयर र उपमेयरमध्ये एक जना महिला तथा चार सदस्यमा एक÷एक जना महिला र दलित महिला निर्वाचित हुने छन् । उनका अनुसार सबभन्दा बढी काठमाडौँ महानगरपालिकामा १६२ जना प्रतिनिधि चुनिने भएका छन् । काठमाडाैँ महानगरमा ३२ वडा रहेका छन् । यसैगरी चन्द्रागिरिबाट ७७, बुढानिलकण्ठ ६७, तारकेश्वरबाट ५७, साँखुबाट ५७, कीर्तिपुर र नार्गाजुनबाट ५२/५२, तथा कागेश्वरी, गोकणेश्वर शङ्खरापुर र दक्षिणकाली नगरपालिकाबाट ४७/४७ जना प्रतिनिधि चयन हुनेछन् ।

kathmandu

विशेष