राजनीति

राप्रपा संविधान संशोधन विधेयकको पक्षमा

राप्रपा संविधान संशोधन विधेयकको पक्षमा
चैत ३१ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पछिल्लोपटक सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधबार बसेको पदाधिकारीको बैठकले स्थानीय चुनावमा विभिन्न राजनीतिक दलसँग तालमेल गरेर पार्टीलाई विजय गराउन सम्बन्धित जिल्लालाई अधिकार प्रत्यायोजन गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । निर्वाचन आयोगले पार्टीको विधानबाट संवैधानिक राजसंस्था र हिन्दूराष्ट्र संशोधन गर्न यही चैत ४ गते गरेको निर्णयकाविरुद्ध पार्टीले बुझाएको ध्यानाकर्षणकाबारेमा अहिलेसम्म कुनै निर्णय नआएकाले आगामी वैशाख १ गते बस्ने बैठकले धारणा बनाउने निर्णय भएको छ ।

Raprapa

विशेष