राजनीति

नेपाल विद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पसको सभापतिमा प्रदिप पौडेल

नेपाल विद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पसको सभापतिमा प्रदिप पौडेल

चैत्र ३१ । नेवि संघ कोटेश्वर बहुमुखी क्याम्पसको १४ औं इकाई अधिबेशनले प्रदिपचन्द पौडेललाई सर्वसहमत सभापतिमा चयन गरेको छ ।

झापाको बिर्तामोड स्थायी घर भएका पौडेल स्नातक चौथो बर्षको विद्यार्थी हुन । स्ववियूका सदस्य समेत रहेका पौडेल दुई कार्यकाल इकाई उपसभापतिमा थिए ।

पौडेलले कार्यक्रममा बोल्दै पौडेलले कोटेश्वर बहुमुखी क्याम्पसमा नेबि संघको गुमेको इतिहासलाई फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन । उनले ईकाइको अन्य सदस्यरु नयाँ वर्षको शुभकामना कार्यक्रममा छनौट गर्ने जनाएका छन् ।

उपसभापतिमा बसेर काम गर्दा उनी विद्यार्थी माझ लोकप्रिय थिए । विद्यार्थी राजनितीमा सक्रिय पौडेललाई जुझारु बिद्यार्थी नेताको रुपमा हेर्ने गरिन्छ ।

Pradip Poudel

विशेष