राजनीति

स्थानिय निर्वाचनमा देशकै पहिलो स्वतन्त्र उम्मेदवार सुरेन्द्र खड्का

स्थानिय निर्वाचनमा देशकै पहिलो स्वतन्त्र उम्मेदवार सुरेन्द्र खड्का

चैत्र ३१ । स्थानिय निर्वाचनमा देशकै पहिलो स्वतन्त्र उम्मेदवारको रुपमा दोलखा कालिन्चोक गाउपालिकाको सुरेन्द्र खड्काले अध्यक्षको उम्मेदारी दिने बताएका छन् ।

२८ वषिय खड्का काठमाडौंमा शैक्षिक व्यावसायमा आवद्ध छन् । उनी माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्किारीका पूर्व विद्यार्थी नेता हुन् । दोलखा लापिलाङगं गाविसका खड्का बुद्धभुमी शान्ती समाजको महासचिव हुन् । विभिन्न संघसस्थामा आवद्ध रही समाज सेवामा समेत सक्रिय खड्का राजनीतिमा सही भिजन भएको युवाको आवश्यक रहेको भन्दै स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

त्यस्तै दोलखा कालिन्चोक गाउपालिकामा अध्यक्षको उम्मेदवारका आकांक्षीहरुमा कांग्रेसबाट जगतमणि शिवाकोटी, सन्तोष पाण्डे छन् । एमालेबाट डबल पाण्डे, होम पाठक र कालिका पाठकले आकंक्षा देखाएका छन् । त्यसैगरी माओवादी केन्द्रबाट नर बहादुर पाख्रिन, निशा थामी र गोपाल पाण्डे आकांक्षी देखिएका छन् ।

स्थानिय निकायको चुनावमा धेरै ठाउबाट स्वतन्त्र उम्मेदार उठ्ने सम्भावना भएपनि अरुले घोषण गरिसकेका छैनन् । स्वतन्त्र उम्मेदार उठ्ने घोषणा गरेका खड्का भन्छन्– ‘अन्य राजनीतिक पार्टीले आफ्नो साख गिराइसकेको छ । सही भिजन भएका युवा उम्मदार छैनन् । पुरानो कार्यशैलीले विकाश हुदैन् । त्यसैले विकाश र परिवर्तनको लागि मैले उम्मेदवारी दिएको छु ।’

खड्काले कालिन्चोक गाउपालिकालाई कसरी समृद्ध बनाउने र जनताहरुको चौतर्फी विकाह कसरी गर्ने भिजन आफुसंग मात्रै भएको जिकिर गरे ।

Indipandent Umeddar Surendra Khadka

विशेष