राजनीति

आर्थिक अनुशासन कायम गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह

आर्थिक अनुशासन कायम गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह
चैत्र - ३१ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आर्थिक अनुशासनको परिधिभित्र रहेर निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । धनुषा र महोत्तरी जिल्लामा स्थानीय तहको निर्वाचनका लागि खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई हेटौंडामा सम्बोधन गर्दै उनले निर्वाचन प्रयोजनका लागि आवश्यक जनशक्ति परिचालन गर्दा जिल्लाभित्रका कर्मचारीलाई प्राथमिकता दिन पनि सुझाव दिए । धनुषा र महोत्तरी जिल्लामा खटिने ३२ जना निर्वाचन अधिकृतलाई निर्वाचन सञ्चालन र व्यवस्थापनबारे जानकारी दिन निर्वाचन आयोगले दुई दिने प्रशिक्षण कार्यक्रम ३० चैतमा हेटौँडामा शुरु गरेको हो । मुख्य निर्वाचन अधिकृतले जिल्लामा आगामी ३ वैशाखदेखि र निर्वाचन अधिकृतले १२ वैशाखदेखि कार्यालय स्थापना गरी निर्वाचन प्रक्रिया शुरु गर्ने भएका छन् ।

डा अयोधीप्रसाद यादव

विशेष