नयाँ शक्ति सहित ६८ वटा दलले सिंहदरबार र संसद भवन घेराउ गर्ने (भिडियोसहित)

नयाँ शक्ति नेपाल सहित ६८ वटा दलहरुले आफुहरुलाई निर्वाचनमा जान नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नयाँ शक्ति पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्दै नयाँ शक्ति नेपाल सहितका अन्य दलहरुले यो घोषणा गरेका हुन् । दलहरु स्थानिय निर्वाचनमा जान तयारी गरिरहेकै अवस्थामा ब्यावस्थापिका संसदले स्थानिय तह निर्वाचन तह ऐन २०७३ जारी गरि आफु बाहेक अन्य दलहरुलाई निर्वाचनमा जान बन्देज लगाएको ६८ दलिय सयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । स्थानिय तह निर्वाचन तह ऐन २०७३ राजपत्रमा प्रकाशित नगरेकाले आफुहरुले थाहा नपाएको पत्रकार सम्मेलनमा कुरा गर्दै नयाँ शक्तिका संयोजक बाबुराम भट्राईले बताए । ६८ दलिय सयुक्त विरोध कार्यक्रममा २०७४ बैशाख २ गतेदेखि ८ गतेसम्म शान्तिबाटिका रत्नपार्कमा रिले अनशन गर्ने जनाएको छ । अनसन संगसंगै विरोध सभा हुने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । विरोध कार्यक्रममा संसद भवन तथा प्रधानमन्त्रीको कार्यलय घेराउ गर्ने जनाइएको छ ।

पत्रकार सम्मेलनमा कुरा गर्दै संयोजक भट्राईले प्रमुख दलहरु निर्वाचन विरोधी भएको जनाएका छन् । अन्य दलहरुलाई निर्वाचनमा प्रतिबन्ध लगाउन उनीहरुले सिन्डिकेट जारी गरेको बताएका छन् । ‘हामीले निर्वाचनको विरोध गरेका होइनौँ । हामीलाई चुनावमा भाग लिन नदिने सिन्डिकेटको विरोध गरेको हो ।’ भट्टराईले भने–‘हामीलई निर्वाचन विरोधी भनेर झुटो प्रचार गरिएको छ । हामी होईनौँ उनीहरु निर्वाचन विरोधि हुन् ।’ उनले तिन दलहरुले चुनाव हुन नदिन् षडयन्त्र गरेको आरोप लगाएका छन् । ‘ हिम्मत छ भने तुरन्त संसद विघठन गरेर निर्वाचनमा आउ’ बाबुरामले भने–‘हामी लोकतन्त्रको हत्या हुन दिदैनौ । हामी लोकतन्त्रको रक्षाको लागि लडिरहन्छौ ।’ - सागर बुढाथोकी
