कला साहित्य

खोइ कहाँबाट आयो नयाँ वर्ष !

खोइ कहाँबाट आयो नयाँ वर्ष !


धेरै खोजेँ धेरै सोधेँ नयाँ वर्ष आयो भनि भने । म हेर्दै छक्क परेँ खोइ कहाँबाट आयो नयाँ वर्ष ।

सधैं झैँ घाम झुल्केकै थियो, च्यामे काम गरेकै थियो, हरिनारायण ड्यटी गएकै थियो । म हेर्दै छक्क परेँ खोई कहाँबाट आयो नयाँ वर्ष ।

देश रणमा जलेकै थियो, बाठाले लाटा मारेकै थिए, गरिबको आँखा आँसुले भरिएकै थियो । म हेर्दै छक्क परेँ खोई कहाँबाट आयो नयाँ वर्ष ।

सुन्तलिको भट्टी खुलेकै थियो, उनीहरु सधँै झैँ मदिरा पिएकै थिए, हुनेले चएन गरेकै थिए, म हेर्दै छक्क परेँ खोई कहाँबाट आयो नयाँ वर्ष ।

मानिसले बाटो भरीएकै थिए, बच्चाहरु फुटपातमा सुतेकै थिए, खलासी छिटो–छोटो भनेकै थियो । म हेर्दै छक्क परें खोई कहाँबाट आयो नयाँ वर्ष ।

पण्डित बाले जातलाई लात हानेकै थिए, रामेले हलो जोतेकै थियो, सानीले भारी बोकेकै थिई, म हेर्दै छक्क परें खोई कहाँबाट आयो नयाँ वर्ष ।

राति लाटोकोसेरो टुहुटुहु गरेकै थियो, बाटोमा कुकुर भुकेकै थिए, अनि बाटोमा सुनियो नयाँ बर्ष आयो, खोई कहाँबाट आयो नयाँ वर्ष

म सुन्दै छक्क परें ।


नेत्र पाैडेल

New Year New Year 2017

विशेष