कला साहित्य

भारतीय दूतावासले मनायो बैशाखी पर्व

भारतीय दूतावासले मनायो बैशाखी पर्व
चैत्र – ३१ । नेपाली नयाँ वर्षको अवसर पारेर नेपालका लागि भारतीय दूतावासले काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा बैशाखी पर्व मनाएको छ । दक्षिणी र उत्तरी राज्यका रंगहरु नाम दिइएको उक्त कार्यक्रम भारतीय दूतावासका लागि भारतीय संस्कृति सेन्टर (आइसिसि)ले आयोजना गरेको हो ।
नेपालका लागि भारतीय राजदूत मञ्जीभ सिंह पुरीले उद्घाटन गरेको उक्त कार्यक्रममा नेपाली कलाकार, संगीतकर्मीलगायतका व्यक्तिहरुको सभागिता रहेको थियो । १२ जना सदस्य रहेको सो सांस्कृतिक कार्यक्रमलाई आइसिसिका विद्यार्थी कुलजीत सिंहले नेतृत्व गरेका थिए । नेपाली नयाँ वर्ष अर्थात विक्रमसम्वत्लाई नेपाल र भारतले उक्तकै महत्वका लिएर मनाइने गरिएको छ । भारतीय दूतावासले सञ्चालन गरेको सो सांस्कृतिक कार्यक्रमले दुबै देशबीच सुमधुर सम्बन्ध काय गर्ने विश्वास लिएकाे छ ।

भारतीय दूतावास मञ्जीभ सिंह पुरी

विशेष