राजनीति

पूर्वसचिव थापाले काठमाडाैंको मेयरका लागि स्वतन्त्र उमेदवारी दिने

पूर्वसचिव थापाले काठमाडाैंको मेयरका लागि स्वतन्त्र उमेदवारी दिने

बैशाख - १ । नेपाल सरकारका पूर्वसचिव किशोर थापाले बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिको मेयरको उम्मेदवारी दिने भएका छन् । थापाले काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उमेदवारी दिन लागेका हुन् । थापा, रवीन्द्र मिश्रले गठन गरेको साझा पार्टीका केन्द्रीय संयोजक समितिका सदस्य हुन् । ‘थापा जस्तो इमान, जमान, क्षमता र सदाचारका लागि कहलिएका व्यक्तिले देशको राजधानीको मेयरका लागि साझा पार्टीको समर्थनमा स्वतन्त्र उमेदवारी दिन तयार हुँदा हामी हत्यान्तै उत्साहित भएका छौँ,’ साझा पार्टीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । पूर्वसचिव थापाले शहरी विकास, शिक्षा र पर्यटन तथा नागरिक उड्डयनलगायतका मन्त्रालयको जिम्मेवारी समालेको थिए । उनी आर्किटेक्ट इन्जिनियरसमेत हुन् । उपमेयरका लागि उमेदवारी छिटै सार्वजनिक गर्ने साझा पार्टीले जनाएको छ ।

Kishwor Thapa rabindra mishra Sajha parti

विशेष