बाबुरामको नजरमा माओवादी केन्द्र नै देशकै पहिलो भ्रष्ट पार्टी, लगाए यस्तो आरोप

बैशाख – १ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका सयोजक डा बाबुराम भट्टराई माओवादी केन्द्रमाथि गम्भीर आरोप लगाएका छन् । उनले सत्ताधारी पार्टी माओवादी केन्द्र नै देशकाे पहिलाे भ्रष्ट पार्टी रहेकाे अाराेप लगाएका हुन् ।
सयोजक भट्टराईले शुक्रबार माअाेवादी केन्द्रप्रति अाक्राेसित हुँदै आफ्नो अफिसियल ट्वीटरमा गम्मीर अाराेप सहितकाे ट्वीट गरेका छन् ।उनले माओवादी केन्द्र चुनाव अगावै पुराना भ्रष्टहरुसँग मिलेर सबैलाई उछिन्दै देशैभर पैसा र भोजभतेरको खोलो बगाउन थालेकाे समेत दाबी गरेका छन् ।
भट्टरार्इले माओवादी केन्द्र भ्रष्टसँग मिलेर विकासमा नभइ खाओवादको खेलमा लागी पतनको दिशातर्फ उन्मुख भएकाे जिकिर गरे ।
Dr. Baburam Bahttari
Maobadi Kendra
Naya Shakti Nepal
