भारतले ‘चुनावमा जानू’ भन्ने इशारा गरेपछि मधेसी मोर्चा संकटमा
काठमाडौं – सरकारले घोषणा गरेकोस्थानीय निकायको निर्वाचनमा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई छिमेकी भारतको तर्फबाट दबाब दिइएको छ । सरकारले दोस्रो पटक दर्ता गराएको संशोधन विधेयकलाई स्वीकार गरी स्थानीय निकायको निर्वाचनमा सहभागी हुन भारतीय पक्षले सुझाव दिएको मधेसी मोर्चाको उच्च स्रोतले जनाएको छ । शुक्रबार नयाँ बर्षको शुभकामना दिदै भारतीय राजदूत मञ्जिवसिंह पुरीले टेलिफोन सम्वादमार्फत मधेसी मोर्चाका नेताहरुलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए । –नेपाल समाचारपत्र दैनिकबाट