राजनीति

मिति सारेर भएपनि एकचरणमा निर्वाचन सम्पन्न गर्ने कांग्रेसको निर्णय

मिति सारेर भएपनि एकचरणमा निर्वाचन सम्पन्न गर्ने कांग्रेसको निर्णय
बैशाख – २ । नेपाली कांग्रेसले मिति सारेर भएपनि एकै चरणमा स्थानीय तहको निर्वाचन गराउने निर्णय गरेको छ । शनिबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय सदस्यको बैठकले मिति साररै भएपनि एकै चरणमा निवार्चन सम्पन्न गराउने निर्णय गरेको हो । कांग्रेसका मधेस केन्द्रीत नेता तथा सांसदहरुले १० दिन चुनावको मिति सार्ने प्रस्ताव गरेका हुन् । बैठकमा दुई नम्बर प्रदेशका ७ वटा जिल्लाका जिल्ला सभापतिहरुले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गारउनु देश र पार्टीका लागि हित हुन धारणा राख्दै मिति सार्ने प्रस्ताव अगाडि सारेका हुन् । बैठकबारे जानकारी दिँदै कांग्रेस नेता रमेश रिजाले मधेसको मागलाई सम्बोधन गरी चुनावको वातारण तयार गर्नका लागि पार्टीले चुनावको मिति सार्ने प्रस्ताव अगाडि सारेको बताए । उनले मधेशको मुद्दा सबैको भएकाले सबैको मागलाई समेटर एकै चरणमा निर्वाचन सम्पन्न गर्ने पक्षमा केन्द्रीय सदस्यहरु सहमत भएको जानकारी दिए । मिति सारेर भएपनि एकै चरणमा निर्वाचन सम्पन्न गर्नका लागि अरु दलसँग छलफल गर्ने भएको छ । तर, सरकारले स्थानीय तहको निर्वाचन कुनै हालतमा पनि नसर्ने बरु दुई चरणमा गर्ने अडान राख्दै आएको छ ।

Congress Meeting

विशेष