
बाटो हेर्दै होलान चाउरिएका औला बा ले पात्रोमा राखेर l
आमाले नि आँसु संगाल्दिहुन हर साँझ मझेत्रोमा राखेर ll
साहुले दिनदिनै करकर गरे होलान घरमा आएर पक्कै l
आएको थिए खेतबारी सबै बन्धक त्यत्रोमा राखेर ll
सोचे झैँ कमाई भएन खाली हात फर्किन यो मनले मानेन l
छिमेकी भन्छन बहिर बसेकोछ बा आमालाई झुप्रोमा राखेर ll
अलिकति पैसा जम्मा गरेर फर्किन्छु भन्दाभन्दै आज l
हिडेकाे बर्षौ भएच बुढाबुढीलाई त्यो घर थोत्रोमा राखेर ll
सकुशल फर्के,आउँछु घर बनाउँछु चारधाम घुमाउँछु बा l
आएनछु भने श्मशान पुर्याउनु मलाई कात्रोमा राखेर ll
माधब पौडेल
बाँसगढि न.ग.पा.-८ बर्दिया
email :
[email protected]
हाल :- कतार
Gajal