मोर्चाले निर्वाचन बिथोल्ने
वैशाख ३ । मधेसी मोर्चाले सरकारले घोषणा गरेको निर्वाचन बिथोल्ने आन्दोलनका कार्यक्रम तय गरेको छ ।
मोर्चाको शनिबार बसेको बैठकले मोर्चाका माग पूरा गर्नुको साटो सरकारले औपचारिकताका लागि मात्रै निर्वाचनमा सहभागी हुन आह्वान गरेको भन्दै कडा आन्दोलनका कार्यक्रम बनाएको सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले बताए । ‘मोर्चाले निर्वाचनलाई असफल पार्न सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको छ’, नेता कर्णले भने।
मोर्चा आन्दोलनको कार्यक्रम अाज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारीमा छ । उपेन्द्र यादव, राजेन्द्र महतो महन्थ ठाकुरलगायत मोर्चाका शीर्ष नेताको सहभागितामा तय भएको वैशाख ५ देखि ३१ गतेसम्मका विरोध कार्यक्रममा जुलुस प्रदर्शन, धर्ना, आमसभा तथा बन्द हडतालसम्मका छन् ।
संविधान संशोधनलगायत विभिन्न माग राखेका मोर्चाले चैतसम्म सरकारलाई माग पूरा गर्न अल्टिमेटम दिँदै माग पूरा नभए दीर्घकालीन आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो ।
अन्नपूर्ण
Morcha