अत्याधिक पोर्न फिल्म हेर्नाले सम्बन्ध विच्छेद दोब्बर

अत्याधिक पोर्न फिल्म हेर्नु मानसिक स्वास्थ्यका लागि राम्रो मानिदैँन । तर यसले मानिसको सामाजिक सम्बन्धमा पनि प्रभाव पार्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्ला ।
विवाहितहरुले पोर्न हेर्न थालेपछि सम्बन्ध विच्छेदको सम्भावना दोब्बर हुने एक अध्ययनले देखाएको छ। विवाहित व्यक्तिहरुले पोर्न हेर्न थालेपछिको वर्षहरुमा नहेर्नेको तुलनामा सम्बन्धविच्छेद हुने सम्भावना दोब्बर हुने अमेरिकामा गत वर्ष गरिएको एक अध्ययनले जनाएको छ । यद्यपि दम्पत्तीले साथमै बसेर पोर्न हेरेमा यसको नकारात्मक असर केही कम हुने जनाइएको छ ।
त्यस्तै पोर्न हेर्न छोड्दा महिलाहरुमा सम्बन्धविच्छेदको जोखिम घट्ने तर पुरुषमा नघट्ने देखिएको छ । सो अनुसन्धानका लेखकहरु वैवाहिक जीवन, पोर्नको आदतजस्ता विषयहरुमा सर्वेक्षणपश्चात यस्तो निष्कर्षमा पुगेको जनाइएको छ ।
सर्वेक्षेणमा २००६ देखि २०१४ सम्मका दुई हजारभन्दा बढी व्यक्तिको तथ्यांक प्रयोग गरिएको थियो ।
Porn Flim