राजनीति

चिनियाँ विज्ञ भन्छन्– प्रचण्डको छिनछिनमा फेरिने अडान चीनलाई मन परेको छैन

चिनियाँ विज्ञ भन्छन्– प्रचण्डको छिनछिनमा फेरिने अडान चीनलाई मन परेको छैन

चीनको बेइजिङ ईन्टरनेशनल स्टडिज युनिभर्सिटीको अन्र्तराष्ट्रिय सम्बन्ध विभागका प्राध्यापक सु लियाङ विश्वविद्यालय मातहतको एशियन–अमेरिकन अनुसन्धान केन्द्रका निर्देशक, भारत अध्यन केन्द्रका कार्यककारी निर्देशक र नेपाल अध्यन केन्द्रका प्रमुख छन् । १४–२२ चैतको प्रधानमन्त्री पुष्पमल दाहालको चीन भ्रमणलाई नजिकबाट नियालेका सुसँग द्धिपक्षीय सम्बन्धका विभिन्न आयामबारे गरिएको ईमेल कुराकानीको संक्षेपः

कुनै लिखित सहमती हुन नसकेको प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको चीन भ्रमणलाई तपाईले कसरी हेर्नुभएको छ ? प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको उदेश्य द्धिपक्षीय सम्बन्ध विस्तारमा भन्दापनि सम्बन्ध सुधारमा केन्द्रित थियो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नेपाल र चीन बीचको सम्बन्ध विकाशमा तिब्रता आएको थियो । तर, एकाएक दाहाल प्रधानमन्त्री निर्वाचित भएपछि सम्बन्धको गती पछाडि फर्कने संकेत देखियो । प्रधानमन्त्रीको रुपमा दाहालको पहिलो भारत भ्रमणलाई विस्वासघातको रुपमा महसूस गरेकै हो । त्यसकारण पनि उनको भ्रमण असमझदारी हटाउँदै मित्रता पुनः आरम्भ गर्नुमा केन्द्रित थियो ।

प्रम दाहालले पहिलो भारत भ्रमण गर्दा चीनले किन विस्वासघात महसूस  गर्‍यो ? यो चिनियाँ जनताको एकखाले अनुभुत हो । चिनियाँहरु भावानात्मक छन् । उनीहरु स्वाभिमानको साथ मायाँको आश राख्छन् । वास्तवमा चिनियाँ अर्थव्यवस्था यस्तै भावनाको विस्तार गर्ने टुल मात्रै हो । नयाँ सरकार गठनलगत्तै दाहालको भारत भ्रमणलाई चिनियाँ जनताले सन् २००८ को अवस्था (पहिलोपल्ट प्रधानमन्त्री हुदाँ भारतभन्दा पहिले चीन आएको) भन्दा भिन्न व्यवहार महसूस गरे । चिनियाँ जनताको भिन्न प्रकारको राष्ट्रिय चरित्र छ । दाहालले आफु परिवर्तन नभएको दोहो¥याइरहेका छन् । चिनियाँहरु बरु त्यस्ता व्याक्तिलाई स्विकार गर्न सक्छन्,जो कहिल्लै मित्र थिएन्, तर आफुहरुलाई छिटोछिटो परिवर्तन गरिरहने व्याक्तिहरुलाई मन पराउदैनन् ।

तत्कालिन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि लामो समयसम्म चीनले विश्वास गरेको पार्टी र नेताको रुपमा पुष्पकमल दाहालको चर्चा हुन्थ्यो, तर, ओली नेतृत्वको सरकार विस्थापित गरी प्रधानमन्त्री भएपछि उनको चीनसँगको सम्बन्ध चिसिएको बताइन्छ, पछिल्लो भ्रमणले न्यानोपन थप्यो त ? भ्रमणले द्धिपक्षीय सम्बन्धमा उल्लेखनिय सुधार गरेन । केही आर्थिक र व्यापारिक विषयहरु छलफलका अजेण्डा थिए ।तर, ती पनि नयाँ थिएनन् । राष्ट्रपति सी चिनफिङले चीनले नेपाल र भारतबीच मैत्रीपुर्ण सम्बन्ध चाहेको बताउनुभयो । नेपालमा भू– राजनीतिक कठिनाईलाई ध्यानमा राखेर यस्तो दष्टीकोण बनाइएको हो ।तर, नेपाली राजनीतिज्ञहरुलाई कठिनाईका बाबजुद पनि काम गर्नु महत्वपुर्ण छ भनेर बुझाउन जरुरी छ । चीन नेपालको सम्मान गर्छ तर नेपालको लागि चीनको आवश्यकता त्यस्तो मजबुत छैन् ।

भ्रमणमा चीनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ मा नेपाल छिट्टै सहभागी भइदिए हुन्थ्यो भन्ने आग्रह गरेको छ । यो रणनीतिक परियोजनाबाट नेपालले कसरी लाभ लिन सक्छ ? चीनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ मा सहभागी हुन चाहने जो– कोही छिमेकी देशहरुलाई स्वागत गर्छ । यो परियोजनामा नेपाल सहभागी हुनेछ भन्ने आशा चीनले गरेको छ । वास्तवमा यसबाट नेपालले धेरै कुरा पाउन सक्छ । तर, प्रश्न चाहि नेपालका प्रधानमन्त्री दबाब थेग्न तयार छन कि छैनन् भन्ने हो । किनभने उनी भारतको दबाबमा छन् । त्यसैले पनि हच्किएका छन् । समस्यमा यही हो ।

किन तपाईहरु नेपाललगायत दक्षिण एशियामा भारतीय प्रभाव रहेको ठान्नुहुन्छ ? मेरो विचारमा दक्षिण एशियामा दुई वटा मात्र स्वतन्त्र मुलुक छन् –भारत र पाकिस्तान । बाकिँ देशहरुले आफ्नो परराष्ट्र नीति आफैले निर्धारण गर्न सक्दैनन् । यस्तो स्वतन्त्रता सयुक्त राष्ट्रसंघको मान्यता नभई आफ्नै ईच्छाअनुसार आधारभुत कुराहरु निर्धारण गर्न सक्ने हैसियतमा आधारित छ ।मेरो धारण थोरै अतिवादी पनि लाग्न सक्छ । तर,  यही हो । पाकिस्तान बाहेकका देशहरु भारतसँग डराउँछन् । ती देशहरु भारतलाई घृणा पनि गर्छन्, मोह पनि राख्छन् । त्यसैले ती देशहरुलाई अर्को स्वतन्त्र अभियानको आवश्यकता छ । – हिमाल खबर पत्रिकाबाट

विशेष