राजनीति

तोकिएकै मितिमा निर्वाचन हुन्छ: उपप्रधानमन्त्री थापा

तोकिएकै मितिमा निर्वाचन हुन्छ: उपप्रधानमन्त्री थापा

बैशाख ४ ।  उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने बताउँदै शङ्का नगर्न आग्रह गरेका छन् ।

४ वैशाखमा कञ्चनपुरको महेन्द्रनगरमा आयोजित कार्यक्रममा नगरपालिका र गाउँपालिकाका कार्यकारी अधिकृतहरुलाई निर्वाचनको तयारीमा द्रुत गतिमा जुट्न उपप्रधान थापाले निर्देशन दिए ।

उनले जनशक्ति अभाव हुँदाहुँदै पनि कर्मचारीहरुले काम गरिरहेको बताउँदै छिट्टै नयाँ संरचनाअनुसार कर्मचारी व्यवस्थापन गर्ने बताए । “जनताको काममा सशक्त ढङ्गबाट जुट्नहोस्” मन्त्री थापाले भने । कार्यक्रममा कञ्चनपुरका सात नगरपालिका र दुईवटा गाउँपालिकाका कार्यकारी प्रमुखहरु उपस्थित रहेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्न उपप्रधान तथा स्थानीय विकासमन्त्री थापा महेन्द्रनगर पुगेका हुन ।

kamal Thapa

विशेष