राजनीति

गृहमन्त्री निधिले मध्यरातमा चुनाव नहुने भनेपछि...

गृहमन्त्री निधिले मध्यरातमा चुनाव नहुने भनेपछि...

बैशाख ४ । गृहमन्त्री विमलेन्द्र निधीले निर्वाचन आयोग र सुरक्षा प्रबन्धमात्रै स्थानीय चुनावका लागि पर्याप्त नहुने प्रष्ट पारेका छन् । गएराति निधीले सामाजिक सञ्जाल ट्वीटरमार्फत सुरक्षा प्रबन्धले मात्रै चुनाव हुन नसक्ने बताएका हुन् ।

चुनावका लागि सुरक्षा प्रवन्धमात्रै पर्याप्त हुँदैन भन्दै गृहमन्त्री निधीले यसका लागि राजनीतिक सहमति आवश्यक पर्ने ट्वीटरमार्फत बताएका छन् ।

निर्वाचन गराउने मुख्य जिम्मेवारी प्राप्त व्यक्तिले लाचारी प्रकट गरेको भन्दै ट्वीटरमै उनको चर्को आलोचना भएको छ । निधीले सफल निर्वाचनका लागि पार्टीहरुबीच वार्ताबाट राजनीतिक व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

उनको ट्वीटरमा विभिन्न क्षेत्रका व्यक्तिले गृहमन्त्री बन्न नालायक व्यक्ति भन्दै उनलाई राजीनामा दिन वा कांग्रेसले उनको ठाउँमा अर्को व्यक्ति पठाउन सुझाव दिएका छन् ।

https://twitter.com/BimalendraNidhi/status/853713783818035200

bimalendra nidi election

विशेष