तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ : महामन्त्री प्रधान
वैशाख–४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धु्रवबहादुर प्रधानले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्ने विचार व्यक्त गरेका छन् ।
नेता प्रधानले राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आज परासीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् । निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्ने र यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी दृढ रहेको दाबी गरे । सो अवसरमा बोल्दै महामन्त्री प्रधानले सरकार तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने तर मधेसकेन्द्रित दललाई पनि निर्वाचनमा सहभागी गराउनुपर्ने सुझाव दिए ।
पार्टीले उठाएको हिन्दू राष्ट्र र राजतन्त्रबारेको मुद्दामा निर्वाचन आयोगले गरको निर्णयप्रति असहमति प्रकट गर्दै सोबारे पार्टीलाई न्याय मिल्ने दाबी गरे ।
धु्रवबहादुर प्रधान
सहभागी
स्थानीय तहको निर्वाचन