रोजगार

डीआइजी चन्द जिम्मेवारी विहीन, सिलवाल सिआइबी प्रमुखकै जिम्मेवारीमा

डीआइजी चन्द जिम्मेवारी विहीन, सिलवाल सिआइबी प्रमुखकै जिम्मेवारीमा
वैशाख ५ । सरकारले प्रहरी महानिरीक्षक आइजीपीमा प्रकाश अर्याल नियुक्त गरेपछि डीआइजी जयबहादुर चन्द तत्कालका लागि जिम्मेवारीविहीन बनेका छन् । सर्वोच्च अदालतले चन्दलाई आइजीपी नियुक्त गर्ने सरकारको फैसला उल्टाएपछि उनी फेरि नियुक्त हुने सम्भावना समाप्त भएको थियो । फागुन १ गते सरकारले आइजीपी नियुक्त गर्नुअघि चन्द अपराध अनुसन्धान विभागअन्तर्गत लागू औषध नियन्त्रण ब्यूरो ९एनसीबी० को प्रमुख थिए । आइजी नियुक्त भएलगत्तै उनले एनसीबीको जिम्मेवारी हस्तान्तरण गरी प्रहरी प्रधान कार्यालयमा हाजिर गर्न थालेका थिए । सरकारको निर्णयमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि पनि उनले हेडक्वाटरमै हाजिर गरिरहेका थिए । आइजीपी नियुक्त गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश जारी भएपछि चन्दसहित नवराज सिलवालको मात्र सरुवा भएन । अन्य डीआइजीलाई विभिन्न विभागमा निमित्तको जिम्मेवारी दिइएको छ । सिलवालले भने केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबी मै प्रमुख भएर काम गरिरहेका छन् । अन्नपूर्ण पोस्ट

chand

विशेष