राजनीति

चर्को आलोचना भएपछि गृहमन्त्रीले यसो भने

चर्को आलोचना भएपछि गृहमन्त्रीले यसो भने
बैशाख ५ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आइतबार रातिको ट्विट विवादमा परेपछि सोमबार विज्ञप्ति निकालेर आफ्नो भनाइ सच्याएका छन् । निधिले ‘अंग्रेजी भाषामा गरिएको ट्विटको मूल आशय आन्दोलनरत मधेसी मोर्चासँग वार्ताका माध्यमबाट निर्वाचनको वातावरण बनाउन आवश्यक छ भन्ने रहेको’ प्रस्ट्याएका छन् । ‘हाल स्थानीय तहको निर्वाचनका लागि मधेस केन्द्रित दलबीच सहमति र समझदारी नबनेको सन्दर्भमा वार्ता र संवादद्वारा निर्वाचनको वातावरण बनाउनु आवश्यक छ,’उनले यस्तो ट्वीट गरेका छन् । आइतबार अबेर गरेको उनको ट्विटमा चुनावका लागि निर्वाचन आयोग र सरकारको सुरक्षाको तयारी मात्रै पर्याप्त नहुने उल्लेख थियो । सो ट्विटको चर्को आलोचना भएको थियो । https://twitter.com/BimalendraNidhi/status/853986889174441985

Bimaledra nidi

विशेष