राजनीति

राष्ट्रपति भण्डारीले भारतीय समकक्षी प्रणव मुखर्जीलाई भेट्दै

राष्ट्रपति भण्डारीले भारतीय समकक्षी प्रणव मुखर्जीलाई भेट्दै
बैशाख ५ । पाँच दिनको भारत भ्रमणमा भारत पुगेकी राष्ट्रपति विद्या भण्डारीले आज महत्वपुर्ण भेटघाट गर्दे छिन् । [caption id="attachment_36372" align="alignnone" width="1800"] फाइल फोटो[/caption] चौतिस सदस्यिय टोली सहित हिजो सोमबार नयाँ दिल्ली पुगेकी भण्डारीले हिजै नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल र भारतीय जनता पार्टीका नेता डिपी त्रिपाठीलाई भेटेकी थिइन । भेटमा भारतीय नेताहरुले नेपालमा स्थिरता चाहेको बताएका थिए । त्यस्तै भण्डारीले आज राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ । भण्डारी आजै राष्ट्रपतिको दिवा भोजमा पनि सहभागी हुने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी बैखाख ८ गते फर्कने कार्यक्रम रहेको छ ।

Bidya Bhadari

विशेष