राजनीति

निर्वाचनको सुरक्षा बारेमा प्रधानमन्त्रीले दिए सुरक्षा प्रमुखलाई यस्तो निर्देशन

निर्वाचनको सुरक्षा बारेमा प्रधानमन्त्रीले दिए सुरक्षा प्रमुखलाई यस्तो निर्देशन
बैशाख ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल सुरक्षा अङ्गका प्रमूखहरुलाई बालुवाटारमा बोलाएर देशको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । निर्वाचनलाई लक्षित गरि हिजो गृहमन्त्री विमलेन्द्र निधीले आलोचनात्मक अभिव्यक्ति दिएका कारण उनले आज आकस्मिक रुपमा प्रधान सेनापति राजेन्द्र क्षेत्री, महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमूख दीलिप रेग्मीलाई बालुवाटार बोलाएर मुलूकको सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् । भेटमा प्रधानमन्त्रीले बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका सम्बन्धमा गरिएको सुरक्षा तयारीबारे सुरक्षा अङ्गका प्रमूखहरुसँग जानकारी लिनुभएको हो । भेटमा प्रधानमन्त्रीले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न हुने जानकारी गराउँदै निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध गर्न सुरक्षा प्रमूखहरुलाई निर्देशन दिएका हुन् । भेटमा सुरक्षा अङ्गका प्रमूखहरुले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पूर्णतः सक्षम रहेको र निर्वाचन सुरक्षाको तयारी गरिरहेको जानकारी गराएका हुन् ।

PM

विशेष