राजनीति

राष्ट्रपति भण्डारीलाई भारतमा विशेष सम्मान

राष्ट्रपति भण्डारीलाई भारतमा विशेष सम्मान
वैशाख ५ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्वागत गरेका छन् । भारतको राष्ट्रपति भवन फोरकोर्टमा राष्ट्रपति भण्डारीलाई ‘सेरेमोनियल’ स्वागत गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले जनाएका छन् । राष्ट्रपति भण्डारीलाई शुरुमा मुखर्जी र त्यसपछि मोदीले स्वागत गरेका थिए । राष्ट्रपतिसँग भारतीय राष्ट्रपति र प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमै भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीको सम्मानमा मंगलबार बिहान ‘गार्ड अफ अनर’ कार्यक्रम राखिएको थियो । त्यस्तै आजै राष्ट्रपति भण्डारीले भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग पनि भेटवार्ता गरेकी छन् ।\ मुखर्जीलाई पशुपतिनाथको चन्दन उपहार राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई कोसेलीका रुपमा पशुपतिनाथको चन्दन उपहार लगिदिएकी छिन् । पशुपति विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले दिएको जानकारी अनुसार भारतीय राष्ट्रपतिका लागि भण्डारीले मुहारमा लगाउने श्रीयन्त्र चन्दन उपहार लगेकी छिन्

Bidya Bhadari

विशेष