१० बुँदे सम्झौता गर्दै महतो र लेखीको पार्टीबीच एकीकरण


वैशाख - ५ । १० बुँदे समझदारी गर्दै सद्भावना पार्टी र नागरिक समाजवादी पार्टीबीच एकीकरण भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र समाजवादीका अध्यक्ष राजकुमार लेखीले सयुक्त रुपमा पार्टी एकीकरण भएको घोषणा गरेका हुन् । एमालेबाट राजनीति सुरु गरेका लेखी आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत हुन् । उनले थरुहट आन्दोलका समयमा मधेशवादी दलको विरोधसमेत गरेका थिए । दुबै पार्टीबीचकाे एकतालार्इ अर्थपूर्ण ढंगले हेरिएकाे छ ।
सद्भावना र समाजवादी पार्टीबीचकाे १० बुँदे सम्झाैता
