राजनीति

निधीले असहयोग गरेको भन्दै प्रधानन्त्रीले मागे देउवासँग गुहार

निधीले असहयोग गरेको भन्दै प्रधानन्त्रीले मागे देउवासँग गुहार

वैशाख ६ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका प्रमुख सहयोगी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन गराउन असहयोग गरेको गुनासो गरेका छन् ।

 गृहमन्त्री निधिको असहयोगी व्यवहार तथा विवादास्पद अभिव्यक्तिका कारण निर्वाचन गराउन असहज भएको गुनासो प्रधानमन्त्री दाहालले देउवासँग गरेका हुन् । प्रधानमन्त्रीले गृहमन्त्रीका पछिल्ला व्यवहारलाई गम्भीरतापूर्वक लिइदिन पनि देउवासँग आग्रह गरे। प्रदेश नम्बर ३ अन्तर्गतका माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यहरुसँगको चुनावकेन्द्रित संयुक्त बैठकमा प्रधानमन्त्री दाहालले आफूले देउवासँग गुनासो गरेको जानकारी गराएको सहभागी सदस्य युवराज चौलागाईँले बताए ।

मैले काँग्रेस सभापति देउवालाई गृहमन्त्री निधिले असहयोग गरेको तथा विवादास्पद अभिव्यक्ति दिएर निर्वाचनबारे अन्योल बढाइरहनुभएको छ, याद गरिदिनुहोला भनेको छु, दाहाललाई उद्धृत गर्दै चौलागाईँले भने, जवाफमा देउवाजीले म आफैँ एकपटक सम्झाउँछु, उहाँले मान्नुभएन भने फेरि छलफल गरौँला भन्नुभएको छ ।

देउवासँग आफूले गुनासो गरेपछि स्थिति सहज बन्दै गएको पनि प्रधानमन्त्रीले बैठकमा सुनाएका थिए। तर निर्वाचन आयोगको तयारी र सुरक्षा व्यवस्थाको विषयसमेत जोडेर गृहमन्त्री निधिले गरेको विवादास्पद ट्वीटलाई सच्याइसकेकाले स्थिति बिग्रिनसकेको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो ।

Bimalldea Nidi

विशेष