भिडियो राजनीति

मोर्चाको चाहना संविधान जारी नै हुन नदिने थियो, अब बिथोल्ने, रोक्ने नियत देखियो (भिडियोसहित)

मोर्चाको चाहना संविधान जारी नै हुन नदिने थियो, अब बिथोल्ने, रोक्ने नियत देखियो (भिडियोसहित)

चैत–६ । नेकपा एमालेका नेता माधवकुमार नेपालले मधेसी मोर्चा नआए पनि निर्वाचन सफल हुने बताएका छन् । नेपालआजसँगको कुराकानीका क्रममा मधेसी मोर्चाको नियत सुरुदेखि नै मुलुक बिथोल्ने मात्रै भएको जिकिर नेता नेपालको छ ।

नेता नेपालले भने, ‘उहाँहरुको त संविधान जारी हुनै नदिने योजना थियो । तर जारी भयो । फेरि संशोधनको कुरा गर्नुभयो । त्यो पनि पूरा भयो । त्यसले पुगेन फेरि अर्को अड्को थाप्नु भयो ।’

मोर्चाले आफूले भने बमोजिम सबै हुँदा ठीक नत्र भाँडभैलो गर्ने नीति लिएकोले समस्या उत्पन्न भएको नेता नेपालको भनाइ छ । नेपालले मधेसी मोर्चा लोकतन्त्रमा विश्वास गर्ने शक्ति भएकोले निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे ।


मधेसी मोर्चाले अहिले अड्काएको विषय नै संघीयताविरोधी भएको नेपालले टिप्पणी गरे । उनले भने, ‘४७ सालको संविधानमा नभएको अधिकार जनतालाई दिइएको छ । स्थानीय तहका प्रमुख उपप्रमुखले राष्ट्रिय सभा सदस्य चुन्न पाउने त्यो अधिकार मोर्चाले हनन गर्नु पर्छ भन्छ । संघीयता विरोधी यस्ता तत्वको विरोध गर्दा मधेस विरोधी हुनु पर्ने ? ’

नेता नेपालले सत्ताधारी दलहरुको नियत निर्वाचन गराउने तर्फ कम रहेको बताए । उनले भने, ‘सत्ताधारीले चुनाव गराउँछौ भनेका छन् । विश्वास गरेका छौं । तर यिनीहरुको नियत सफा छैन ।’

नेपालमा अतिराष्ट्रवाद भन्दा पनि लम्पसारवादी, आत्मसमर्पणवादी हावी हुने खतरा बढेको नेता नेपालले बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणमा दिइएको बिदामा पनि नेता नेपालले आपत्ति जनाएका छन् । उनले बिदै बिदा भएको देशमा राष्ट्रपति विदेश भ्रमणमा जाँदा पनि आउँदा पनि विदा दिनु निरर्थक भएको उल्लेख गरे ।

ex primeminister madhav kumar nepal

विशेष