राजनीति

मोर्चा निर्वाचनमा सहभागी भए २ चरणमा निर्वाचन गर्न सकिनेमा एमालेको ग्रिन सिग्नल

मोर्चा निर्वाचनमा सहभागी भए २ चरणमा निर्वाचन गर्न सकिनेमा एमालेको ग्रिन सिग्नल
बैशाख ६ । प्रमूख पाँच राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का शीर्ष नेताहरुको बैठकले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको बैठकले निर्धारित मितिमै एकतावद्ध भएर स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले स्थानीय तहको निर्वाचन पूर्व नै मधेशी मोर्चालाई पनि सहमतिमा ल्याउन वार्ता र सम्वादको प्रक्रिया जारी राख्ने निर्णय गरेको छ । बैठकमा स्थानीय तहको निर्वाचन, मधेशी मोर्चाले उठाएका माग र संविधान संशोधनका विषयमा छलफल भएको थियो । बैठकले बैशाख ३१ को निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न र मधेशी मोर्चालाई पनि निर्वाचनमा ल्याउन संविधान संशोधन प्रस्ताव अघि बढाउने र निर्वाचनका लागि थप अनुकूल वातावरण बनाउने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेता प्रकाशमान सिंह, एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतम, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेता सुवास नेम्वाङ, अर्थमन्त्री कृष्णबहादुर महरा, लगायतका शीर्ष नेताहरु उपस्थित रहेको थियो । त्यस्तै बैठकमा सहभागी भएका एमाले नेताहरुले मोर्चा पनि चुनावमा भाग लिन भए २ चरणमा निर्वाचन गर्न सकिनेमा आफुहरु सकारात्मक रहेको बैठकमा सहभागी सत्तापक्षका एक नेताले बताए ।

Dal Baithak

विशेष