राजनीति

बनेपा र धुलिखेलमा एमालेका उम्मेदवार सर्वसम्मत्

बनेपा र धुलिखेलमा एमालेका उम्मेदवार सर्वसम्मत्
वैशाख - ६ । काभ्रेपलाञ्चोकका दुई नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुखको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको छ । बनेपा नगरपालिका प्रमुखमा लक्ष्मीनरसिंह वादे र उपप्रमुखमा रेखा दाहाललाई सर्वसम्मतरुपमा चयन गरिएको एमाले काभ्रेपलाञ्चोकले जनाएको छ । त्यस्तै, पर्यटकीय नगरी धुलिखेल नगरपालिका प्रमुखमा पार्टीका उपाध्यक्ष तथा पूर्वउपप्रमुख अशोक व्याञ्जु तथा उपप्रमुखमा विमला शर्मा, जमुना तामाङ र कमला काफ्लेको नाम सिफारिस गरिएको छ । दुबै नगरपालिकाका प्रमुख र उपप्रमुखको नाम मंगलबार बसेको एमाले नगर कमिटीले सिफारिस गरेको हो । पार्टीका जिल्ला उपाध्यक्ष व्याञ्जुले अन्य नगरपालिकामा उम्मेदवारका आकांक्षी धेरै भएकाले नाम सिफारिस हुन नसकेको उल्लेख गर्दै वडास्तरमा ७० प्रतिशत उम्मेदवारको टुंगो लागेको जानकारी दिए । उनकाअनुसार पनौती नगरपालिकामामात्रै ८ जनाको नाम प्रस्तावित भएको छ । जिल्लामा ६ नगरपालिका र सात गाउँपालिका छन् । आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । एमालेले निर्वाचनका लागि नाम सिफारिस गर्न मातहतका कमिटीलाई यही वैशाख ७ गतेको समय निर्धारण गरेको छ ।

UML

विशेष